WikiJournal of Science/E-extension in Nepal: brief overview in Nepalese agriculture/ne

From Wikiversity
Jump to navigation Jump to search

WikiJournal of Science logo.svg

WikiJournal of Science
Wikipedia-integrated • Public peer review • Libre open access

WikiJournal of Science is an open-access, free-to-publish, Wikipedia-integrated academic journal for science, mathematics, engineering and technology topics. WJS WikiJSci Wiki.J.Sci. WikiJSci WikiSci WikiScience Wikiscience Wikijournal of Science Wikiversity Journal of Science WikiJournal Science Wikipedia Science Wikipedia science journal STEM Science Mathematics Engineering Technology Free to publish Open access Open-access Non-profit online journal Public peer review

<meta name='citation_doi' value='10.15347/WJS/2020.006/NE'>

Article information

Author: Keshab Magar

"नेपालमा ई-प्रसार: नेपाली कृषिमा सङ्कक्षिप्त परिचय", WikiJournal of Science (in Nepali), 3 (1): 6/ne, 9 October 2020, doi:10.15347/WJS/2020.006/NE, ISSN 2470-6345, Wikidata Q100004827




Abstract

ई-प्रसार विद्धुतिय प्रविधि जस्तै वेभ साइट, मोबाइल एप र सामाजिक सन्जालका प्रयोगमा ल्याई प्रसारको पहँच पुर्याउने विधि हो। कम लागत र बढी प्रभावकारी हुनाले ई-प्रसारका भविष्यमा सम्भावना भएको देखिन्छ। हाल नेपालमा देखिएका इन्टरनेटको बढ्दो प्रयोगले, ई-प्रसार हालको कृषि प्रसारको संयन्त्रना सहयोगी र सम्भावना राख्दछ जसको विकासबाट नेपाली किसानहरुले सिधै फायदा लिन सक्दछन्। ई-प्रसारको पहुँच हुनाले किसानमा नवप्रविधीका समयमा नै जानकारी, कृषकमा सुचना र ई‍-समाचार सँगै नेपाली कृषिको बृहत बहसको अवसर प्रधान गर्नेछ। यस लेखको, हाल ई-प्रसारमा विकास भएका प्रविधीहरुलाई सङ्ग्रहित गर्ने, उद्देश्य रहेको छ। किसान-मैत्री भइ नसक्नु, प्रविधीलाई आत्मसाथ गर्न आर्थिक सामर्थ्यता नहुनु, भरपर्दो वा विश्वासनियतामा केही समस्या भने यसमा हुन सक्दछन्। नवीनता र वास्तविक पहुँचलाई विचार गरी अघि बढाइएमा ई-प्रसारले, आउँदा वर्षहरुमा, नेपाली कृषिमा सकारात्मक प्रभावहरु पार्ने नै छन्।

अंग्रेजी अनुवाद को लागि, कृपया यो वेब लिंक हेर्नुहोस्
For the English translation, please see this link

परिचय

कृषि प्रसार भन्नाले कृषि अनुसन्धान, नयाँ प्रविधि, जानकारी कृषि कार्य र कृषक सहयोगी हेतु बाँडिने विधि हो। सन्चारको कमजोर पूर्वाधार, सरकारी स्तरबाट प्रसार अवधि भर बढी खर्चिलो, र सङ्ख्यात्मक हिसाबमा पहाडी जिल्ला बढी भएकाले विगतका कृषि प्रसारले चाहे जति नतिजा दिन सकेका देखिन्नन्।[1] अपुग्दो कृषि केन्द्रहरु पालिकाहरुको तुलनामा धेरै कम हुनुले प्रसारको प्रयासलाई प्रश्न खडा गर्दछ। कृषि प्रसारको प्रणाली भित्र रहेका किसानहरुमा पनि,उक्त प्रणालीले उनीहरुको आवश्यक स्थानिय मागसित मेल नखाएको हुन सक्छ। धेरै परिवेशमा पहुँच पुगेका सिमित किसानहरु (जो खर्च गर्न सक्छन्) र केही कृषि उद्यम मात्र प्राथमिकता पर्ने गर्दछन्।[2] सरकारी निकाय र सम्बन्धित निकायहरु बिचको उचित समन्वय नहुनाले पनि कृषि प्रसारको प्रणाली लाई असर गरेको पाइएको छ जसमा उनीहरुको भुमिका नवप्रविधि लाई कृषक सामु कम मुल्यमा पुर्याइ, अनुसन्धान र प्रसारको प्राविधिक दुरी कम गर्नुमा नै हुनु आवश्यक थियो।[3]

कृषि प्रसार प्रणालीले किसानले बाली, पशुपालन र विषादी भोगेका विशेष समस्याहरुलाई हल गर्ने तिर लाग्नु पर्दछ। बेरोजगारी र युवाको विदेश पलायन आजको मुख्य चुनौती पनि हो।[4] उनीहरुलाई देशमै उद्यम गर्न लगाई कृषिमा लाग्न सहयोग र प्रोत्साहान गर्नु पनि चुनौती हो। आजको कृषि प्रणालीलाई कृषिमा लागेका जनशक्तिलाई कृषि ज्ञान प्रधान गर्नु अवसर पनि हो।[5] कृषि प्रविधि विस्तार पुराना प्रसार पद्धति बाट अपुग नै भएको छ। अबका चुनिने पद्धतिहरुले सम्बन्धित किसानको आवश्यकता लाई मध्यनजर गर्दै छिटो र भरपर्दो कृषि प्रसार सेवा दिन सक्नुपर्दछ। त्यसता छिटो र छरितो कृषि सुचना बाँड्न सन्चारका उपकरण र पुर्वाधारमा आधारित सुचना तथा सन्चार प्रविधि (आईसिटी) बाट मात्र सम्भव छ। सन्चार प्रविधिको विकासमा समपुर्ण सरकारी तथा गैरसरकारी निकायको भुमिका छ।[6] ई-प्रसारको, यिनै प्रविधिमा आधारित भई पुराना शैलीका कृषि प्रसारका पहँचलाई बढाउनु र मजबुत गराउने उद्देश्य हो।

Afzal et al. (2016) ई-प्रसारलाई वर्तमान समयका प्रसार सेवा विधि भएको बताउँछन् जसमा इलेक्ट्रोनक प्रविधि र इन्टरनेटको प्रतोग गरिन्छन्।[7] यस अन्तर्गत वेभ-पोर्टल, वेभसाइटस्, सामाजिक सन्जाल, ब्लग, इमेल, र स्मार्टफोन पर्दछन्। ई-प्रसारले सम्बन्धित निकायहरुलाई मिलेर प्रसारमा कार्य गर्न र प्रविधिमा नविनता थप्न मदत गर्दछ।[8]

सुचना प्रविधीले प्रेषक र प्रापक दुवैको खर्च घटाई नयाँ सुचनालाई सजिलो पहुँच गराउँछ। आइसिटिको सहयोगले, बजारको जानकारी सहज रुपमा प्राप्त भई बजारका निम्ति निर्णय र प्राविधिक कठिनाई समाधानका लागि सहायता मिल्दछ।[7] आइसिटिको प्रयोगले कृषि विकासमा सहयोग थुप्रै सिमान्तकृत किसानहरुको समावेश भई उत्थान पनि भएका छन्।[9] जस्तै, टेलिभिजनको प्रयोगले धेरै कृषक सामु प्रविधि विस्तार गर्न सफल भएको छ।[10] साथै, मोबाइल प्रयोगकर्ताको सङ्ख्या नेपालमा बढ्दो छ, सेप्टेम्बर २०१९ सम्ममा ४ करोड, ११ लाख भएको आंकलन गरिएको छ।[11] इन्टरनेट पहुँच नेपालमा ७९% रहेको र सन् २०१७ मा सामाजिक सञ्जालको पहुच (भुटान पछि) दोस्रो स्थानमा रहेको थियो। सन् २०२०को अन्तसम्म नेपाल सरकारले, नेपालमा ब्रोडब्यान्ड सेवा ९०% जनसङ्ख्या सामु पुर्याउने लक्ष्य राखेको छ।[12] यस इन्टरनेट पहुँचले, सही ढङ्गले प्रयोगमा ल्याइन सके, कृषि प्रसारका निकाय र कृषकको दुरी घटाउन सक्नेछ।

नेपालको डिजिटल युगमा प्रवेश भइसकेको छ। यसलाई कृषि प्रसार प्रणालीको सन्दर्भमा कृषि सल्लाहको सन्दर्भमा देखिनु पर्दछ। यस लेखले नेपालमा देखिएका वा सुरुवाती अवस्थामा रहेका ई-प्रसारका पहल वा प्रयासहरू, इलेक्ट्रोनिक र इन्टरनेटमा आधारित मिडिया, जसका प्रयोग कृषि प्रसारमा सकारात्मक र रचनात्मक परिवर्तन देखाउन सम्भव भएका वा क्षमता पनि प्रदर्शन गरेका पहलहरुलाई सुचीबद्ध गरि प्रस्तुत गरेको छ। अन्तमा, नेपालमा ई-प्रसारको मोडेल सुझाव गरिएको छ।

विधिहरू

विभिन्न अनुसन्धान्तमक लेखहरु, समिक्षा लेखहरु र किताबहरुमा आधारित भइ यो रिपोर्ट तयार गरिएको हो। हाल नेपालमा विकास गरिएका अनलाइन वेभसाइटस्, उपकरण व्यापक रुपमा खोजी गरिए। गुगल प्ले, राष्ट्रिय पत्रपत्रिका, संगठनका वेभसाइटहरु र सामाजिक सन्जालहरुका सहायतामा विकास भएका मोबाइल एप वा उपकरणहरु र अन्य कृषि-सम्बन्धित अनलाइन सामग्रीको विकास भएका जानकारी सङ्कलन गरियो।

परिणामहरू

कृषि अनुप्रयोगहरू

मोबाइल फोनका प्रयोग विज्ञसँग कुराकानी गर्न र सहकर्मीहरुसँग जानकारी बाँडी आर्थिक लाभ उठाउन ससहजै सञ्चारका लागि स्विकार्य रुपमा प्रयोग भएका छन्।[13] किसानहरु बिच वास्तविक समयमा सञ्चारका निम्ति व्यापक प्रयोग हुनुका साथै, मोबाइल फोनमा आधारित सिकाइबाट सकारात्मक प्रभावहरु पनि परेका छन्।[14] साथै, आत्मविश्वाश र चेतनाको अभावले प्रविधि आत्मसाथ गर्न दुरी बडाउन पनि सक्छ।[15] कुनै पनि आइसिटिको उपकरणमा भए जस्तै, उमेर र शैक्षिक स्तरले पनि आत्मसाथमा भर पर्न सक्दछ। स्वीकार्यता, विश्वसनियता, जडान जस्ता विषयमा समस्या रहेता पनि, कृषकका ज्ञानको स्तरमा सुधार देखिएका छन्।[16]

नेपालमा मोबाइल फोनको प्रयोग निसेन्दह वृद्धि भइरहेकै छ, जसले कृषि जानकारीको प्रसारमा सम्भावना बोकेको उपकरणका रुपमा चिनाएको छ। विशेष रुपमा, धेरै सङ्ख्यामा मोबाइल उपकरणहरु (तालिका १) विकास भएका छन्।

तालिका १ | मोबाइल उपकरण (एप्लिकेशन) र तिनका विशेषताहरु
नाम साधारण विशेषताहरु विकासकर्ता प्रयोगकर्ता संख्या वेभ लिङ्क
स्मार्ट कृषि कृषि प्रविधि, कृषि समाचार, ई-किताब, मौसम जानकारी, अनलाइन प्रश्न र विज्ञसँग जानकारी स्मार्ट कृषि १००,००० https://play.google.com/store/apps/details?id=com.sudip.smartkrishi
कृषि गुरु बाली सल्लाह, कृषि प्रविधि, कृषि समाचार, विज्ञसँग कुरा जानकारी, एसएमएस सेवा, (केही सेवा अफलाइन बाट पनि उपलब्ध) आइसिटि फर एग्री १००,००० https://play.google.com/store/apps/details?id=com.ictfa.krishiguru
नार्क कृषि कृषि प्रविधि नेपाल कृषि अनुसन्धान परिषद्

(सहयोगार्थ: ड्रिमवोर्क सोलुशन)

१०,००० https://play.google.com/store/apps/details?id=com.dws.narc.krishi
लाइबस्टक फार्मिङ पशुपालन बारे जानकारी मिडास एजुकेशन प्रा. लि. १०,००० https://play.google.com/store/apps/details?id=com.midas.cattle
हाम्रो कृषि - PPCR/AMIS बाली तथा फलफूल खेती जानकारी, मौसम पुर्वानुमान, ई-पुस्तक, बेलुटिन तथा समाचार PPCR/AMIS ५००० https://play.google.com/store/apps/details?id=np.com.rowsun.hamrokrishi
कृषि टिभी नेपाली कृषि टिभी च्यानलको एप कृषि टेलिभिजन र न्यु आइटी भेन्चर कर्प ५००० https://play.google.com/store/apps/details?id=com.tv.kishantv
कृषि कपुरकोट कृषि खेती जानकारी, सुचना, मौसम जानकारी कपुरकोट नगरपालिका १००० https://play.google.com/store/apps/details?id=com.upasarga.krishi
कृषि घर कृषि खेती प्रविधि, स्थान विशेष खेती प्रविधि परामर्श आइसिटि इन एग्रिकल्चर नेपाल १००० https://play.google.com/store/apps/details?id=com.krishi_ghar
आधुनिक कृषि आधुनिक कृषि साधान र सामग्रीको बिक्री वितरणका लागि बनाइएको एप आधुनिक कृषि सन्सार १००० https://play.google.com/store/apps/details?id=com.dwn.aadhunik.krishi
टोमेटो नेपाल गोलभेंडाको खेति प्रविधी, व्यापार योजना ड्रिमव‍ोर्क सोलुसन १००० https://play.google.com/store/apps/details?id=com.tomato.Nepal
कृषि नेटवर्क कृषि सुचना तथा समाचार कृषि नेटवर्क नेपाल १००० https://play.google.com/store/apps/details?id=com.BBT.kishan
मोबाइल कृषि कृषि सम्बन्धित जानकारी, समाचार, मौसम जानकारी स्विफ्ट टेक्नोलोजी ५००
भिसिडिसी नेपाल तरकारी खेतीका लागि आवश्यक सामग्री, सुचना तरकारीबाली विकास केन्द्र, खुमलटार ५०० https://play.google.com/store/apps/details?id=com.dws.vcdc
अर्ग्यानिक नेपाल अर्ग्यानिक नेपाल र व्यवसायिकताको जानकारि ड्रिमवोर्क सोलुसन ५०० https://play.google.com/store/apps/details?id=com.IntelliJ.IDE.OrganicNepal
कृषि सेवा कृषि खेती प्रविधि, विज्ञद्वारा सुझाब प्रोलोजिक सोलसन १०० https://play.google.com/store/apps/details?id=com.prologicsolutions.krishisewa
धनकुटा स्मार्ट कृषि कृषि प्रविधि, समाचार तथा सुचना धनकुटा नगरपालिका

(सहयोगार्थ स्मार्टगोभ)

१०० https://play.google.com/store/apps/details?id=com.upasarga.dhankutakrishi
गण्डकी कृषि कृषि प्रविधि गण्डकी कृषि

(सहयोगार्थ: ड्रिमवर्क सो‍लुसन)

१०० https://play.google.com/store/apps/details?id=com.dws.gandaki.krishi
पोखरा कृषि कृषि प्रविधि, समाचार तथा सुचना पोखरा कृषि १०० https://play.google.com/store/apps/details?id=com.dws.pokhara.krishi
स्मार्ट किसान कृषि व्यवसायिकता पाथिबरा प्रविधि १० https://play.google.com/store/apps/details?id=com.pathibharatechnology.smartkishan
जियोकृषि कृषि प्रविधि, मौसम पुर्वानुमान, स्थान विशेष खेती पाथवे टेक्नोलोजी एण्ड सर्भिसेस् प्रा. लि. १०० https://play.google.com/store/apps/details?id=com.pathway.geokrishi_farm
दिगो कृषि संरक्षण कृषि आधारित सतत गहनता (CASI) को बारेमा जानकारी दिगो कृषि १०० https://play.google.com/store/apps/details?id=com.dws.digokrishi.nepali
एग्रि टेक नेपाल मल, कीटनाशक, बीज क्षेत्र र कृषि सम्बन्धी अन्य अनुप्रयोगहरूसँग सम्बन्धित गणनाहरू हल वा हिसाब गर्नका निम्ति एग्रि टेक नेपाल १०० https://play.google.com/store/apps/details?id=com.agritech_nepal.com

कृषि समाचार साइटहरू

कृषि समाचारका केही साइटहरु हाल सञ्चालनमा रहेका छन्। यी साइटहरुले हालका समाचारहरु, सुचनाहरु र कृषि क्षेत्रका विचार-विश्लेषण सँगसँगैँ सफलताका कथा र कृषि प्रविधि पनि प्रधान गर्दछ।

तालिका २ | Agriculture news web sites in Nepal
नाम भाषा सामग्री वेभलिङ्क
कृषि अनलाइन नेपाली पठन, भिडियो https://krishionline.com
कृषि टेलिभिजन नेपाली पठन, भिडियो http://krishitelevision.com
हलोखबर नेपाली पठन, भिडियो http://halokhabar.com
कृषक खबर नेपाली पठन http://krishakkhabar.com
नेचर खबर अङ्ग्रेजी पठन http://naturekhabar.com/en
बोस एग्रिल्चर नेपाल नेपाली भिडियो https://www.youtube.com/c/BosagriculturetechnologyNepal
कृषक र प्रविधि नेपाली पठन https://krishakraprabidhi.com/

सामाजिक सञ्जाल र वेबसाइटहरू

सामाजिक सन्जालका प्रयोग कृषि प्रसारका निम्ति विभिन्न निकायहरुबाट समाचार, सुचना र हालैका विकासहरुका प्रसारका लागि बढ्दो छ। हालका सन्दर्भमा सामाजिक सन्जालका प्रयोग आफ्ना विचार पोख्न, सुचना आधान-प्रधान गर्न, र प्रश्नहरु सोध्न प्रयोग भएका छन्। फेसबुकका पृष्ठहरु र समुहहरु प्राय कुराकानी र जानकारीहरु बाँड्न नै प्रयोग भएका पाइन्छन्। समाजिक सन्जालको किसान र कृषि प्रसारकर्ताहरु बीच अन्तर्किया गराउन क्षमता भएको देखिन्छ। तर, सामाजिक सन्जालको उपस्थितिमा साक्षर किसानहरु लाई नै फायदा देखिन्छ।

नेपालका सम्पुर्ण मन्त्रालयका वेभसाइटहरु छन्, त्यसो भएता पनि ती प्रयोगकर्ता मैत्री मूल्यांकन छन् या छैनन् जाँचिनु आवश्यक छ। सन् २०१८ मा, नेपाल सरकारले प्रत्येक सरकारी निकायका आफ्नै टुइटर अकाउन्ट हुने पहल थालेको थियो।[17] धेरै सरकारी निकायहरुको फेसबुक पेज पनि भेटिन्छन्।

तालिका ३ | कृषि तथा पशुपन्छी विकास मन्त्रालय
वेभसाइट https://www.moald.gov.np
ईमेल info@moald.gov.np
टुइटर https://www.twitter.com/Hello_MOALD
फेसबुक https://www.fb.com/gunaso.moald
कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर
वेभसाइट https://www.aitc.gov.np

कृषि पोर्टलहरू

नेपाल, सन् २००९ मा, जलवायू समुत्थान सम्बन्धी परिक्षण कार्यक्रम ( (Pilot Program on Climate Resilience) मा चुनिए पछि पाँच परियोजना मध्ये जलवायू तथा वातावरण परिवर्तनबाट देखिएका प्रतिकूल असरहरुबाट कृषि क्षेत्रमा पर्न सक्ने जोखिमलाई कम गर्ने उद्देश्य बाट (Building Resilience to Climate-Related Hazards BRCH) परियोजना बनाइयो। यस BRCH अन्तर्गत रहेर कृषि सुचना बाँड्न कृषि व्यवस्थापन सूचना प्रणाली (AMIS) विकास गरिएको हो।

तालिका ४ | नेपालका कृषि पोर्टल
नाम वेभलिंक
कृषि व्यवस्थापन सूचना प्रणाली http://namis.gov.np
नेपालको माटोको डाटा https://nsafmap.github.io

Nepal Seed and Fertilizer project (NSAF), अनुवाद: नेपाल विउ र मल परियोजना,अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी (USAID) को अनुदानमा अन्तर्राष्ट्रिय मकै र गहुँ सुधार केन्द्र (CIMMYT) बाट सन्ञ्चालित परियोजना हो। CIMMYT, नेपालको माटो व्यवस्थापन निदेशालय (हाल: केन्द्रीय कृषि प्रयोगशाला) र नेपाल कृषि अनुसन्धान परिषद् (एनएआरसी) को संयुक्त प्रयासमा नेपालको माटोको गुण प्रस्तुत गर्ने अन्तर्क्रियात्मकडिजिटल माटो नक्शाको विकास गरेको छ (https://nsafmap.github.io)।[18] विज्ञ र अध्ययनकर्ताहरु लाई माटोको जानकारी प्रधान सहयोगी ठहरिए पनि, उपकरणलाई कृषक-मैत्री बनाउनु आवश्यक देखिन्छ।

Digital Seed Information System (DSIS), अनुवाद: डिजिटल बिउ सुचना प्रणाली, ले पंजीकृत बीउहरू उपलब्ध गराउनुका साथै, बीउका माग र आपूर्तिको बारेमा जानकारी पनि दिनेछ; यो प्नणालीले सन् २०२० सम्ममा NSAF अन्तर्गतको कार्यक्रमको रुपमा पूर्ण हुनेछ। यस प्रणालीले बीउ पोर्टल र बजारको जानकारी प्रधान गरी कृषकलाई ‍उजित जात छनोट गर्न मदत गर्ने उ्द्देश्य राखेको छ।[19]

अनलाइन पाठ्यक्रम र MOOCs

अध्ययनका निम्ति अनलाइन कोर्स वा MOOCs, कृषिकै विषयमा अध्ययन सहयोगी हेतु, विकास भएको पाइदैँन। हाल AgMOOCs जस्ता (भारतीय उदाहरण पछ्याउँदैँ) वेभसाइटहरुको विकास गरिनु अपरिहार्य बनेको छ। यसका निमित्त विश्चविद्यालय तह र कृषि उत्थानमा तल्लिन निकायहरुको पहल आवश्यक देखिन्छ। साधारण रुपमा पनि अनलाइन पाठ्यक्रमहरुको विकास हुनु जरुरी भएको छ; सन् २०१६ मा भने काठमाण्डौँ विश्वविद्यालय बाट देशकै पहिलो MOOCs (http://mooc.ku.edu.np) विकास भएको थियो जसलाई सहभागीहरुबाट सकारात्मक रुपमा लिइएको पाइएको थियो।[20] सन। २०१६ मा नै अर्को महत्वपुर्ण कदम नेपाल खुल्ला विश्वविद्यालयको स्थापना भएको थियो, जसबाट अनलाइन पाठ्यक्रमहरु विकास गर्ने सक्षमता देखाउन सक्दछ।

अनलाइन पुस्तकालयहरू

ई-पुस्तक, जर्नल लेख, लेख, जस्ता सामग्री उपल्ब्ध गराउन दुई मुख्य अनलाइन पुस्तकालय: नार्क अनलाइन लाइब्रेरी र ई-पुस्तकालय विकास भएका छन्। दुवै अनलाइन पुस्तकालयमा कृषिका पुस्तकहरु पाउन सकिन्छन्। कृषि सँग सम्बन्धित निकायका वेभसाइटहरुबाट पनि ई-पुस्तकहरु प्राप्त गर्न सकिन्छन्।

तालिका ५ | Online libraries in Nepal
नाम वेभ लिंक
नार्क अनलाइन पुस्तकालय http://nkcs.org.np/narc/pmb/opac_css/index.php
ई-पुस्तकालय https://pustakalaya.org/en/

अवलोकन

डिजिटल सामग्रीको पहुँच लाई नै आइसिटीको वास्तविक पहुँच भनिहाल्न नमिल्ने तर्क पनि हो। यसका लागि भौतिक, डिजिटल, मानव र सामाजिक संसाधनहरुका उपस्थिति पनि पहिलो रुपमा आवश्यक पर्न आउँदछन्।[21] इन्टरनेट र कम्प्युटर मात्र सामग्री हुन्। आइसिटीको प्रभावकारी पहुँच निर्धारण गरिन ब्रिजेज (Bridges.org) अनुसार भौतिक पहुँच, आर्थिक कोण बाट सहज, उपयुक्तता, सान्दर्भिकता, मानव क्षमता, आर्थिक वातावरण, कानुनी परिवेश, राजनितिक परिवेश र जनस्तरको ईच्छा जस्ता विषयहरुले भुमिका खेल्दछ।[22]

आइसिटीको चेतना सुचनाका थप प्रचार र साझेदारी जस्ता प्रयास हुन सक्दछ।[23] ई-प्रसारका सम्भावनाहरु बुझ्न नेपालमा कृषिमा आइसिटीको प्रभाव हेर्न थप अनुसन्धान हुनु पर्ने देखिन्छ।[9] साधारणरुपमा सरकारी तहबाट उचित कानुन र नियम नबनेको खण्डमा आइसिटीको पहल र विकासका कदमलाई बाधा पर्न पुग्दछ।[24] ब्रिजज द्वारा उल्लेख गरिएका विभिन्न विषयहरु लाई पनि आधार मानी आइसिटीको प्रभाव बुझ्न मापदण्डहरु बुझिनु आवश्यक पनि देखिन्छ। थप अनुसन्धान्तमक रुपमा हेरिनु आवश्यक भए पनि, ई-प्रसारले नै हालका प्रसार प्रणालीलाई प्रभावकारी हुने देखिन्छ।

छिटो छरितो रुपमा पहुँच र उपयोगिता भई हाल्न नसक्नु ई‍-प्रसारका कमजोरी हुन्। आर्थिक कठिनाइले आत्मसाथ गर्न कठिनाइ हुनु, शैक्षिक स्तरको कमी र यस प्रति इच्छा नहुनु जस्ता किसानका पक्षले ई-प्रसार लाई बाधा पुर्याउन सक्दछ। ग्रामीण किसानहरुको सामेल र समावेश हुने गरी रणनीतिक योजनामा सुधार ल्याउन सकिएमा ई‍-प्रसार जस्ता आइसिटीका प्रयासहरुलाई अघि बढ्न मदत मिल्दछ।[25]

नेपालको संविधान (२०७२) को अनुसूची ६ ले "कृषि तथा पशु विकास" लाई प्रदेशको अधिकार भित्र समावेश गरेको छ। स्थानिय सरकार सञ्चलान ऐनले "कृषि प्रसार" लाई पालिका क्षेत्राधिकार भित्र तोकेको छ। "कृषि" साझा सूची भित्र अट्ने गरी संविधानले अनुसूची ९ ले संघ, प्रदेश र स्थानिय तहको अधिकार भित्र राखेको छ। हाल रहेका कृषि प्रसारका समस्यालाई हल वा निकास दिन तीनै तहबाट प्रयास हुनु आवश्यक छ। हालको सन्दर्भमा भने स्थानिय तहले अन्य तह झैँ वा ई-प्रसारमा विकासमा अझ धेरै महत्वपृर्ण भूमिका खेल्न सक्दछ।[26]

ई-प्रसारका फाइदाहरू:[27]

१. आर्थिक खर्च कम भई छोटो समयमा पनि धेरै माझ पुग्न र सन्देश प्रवाह गर्न सकिने भएलकाले ई-प्रसार प्रभावकारी विधि हो। २.प्रतिक्रिया संयन्त्रमा छिटो हुने; किसना र विज्ञको अन्तरक्रिया द्रुत गतिमा हुने, ३.दृश्य प्रस्तुतीकरण र मल्टिमेडियाको प्रयोगले कुनै पनि सुचना बुझिने र सरल तरिका बाट बाँड्न सकिने, ४.सार्वजनिक र निजी निकायका सम्बन्ध बढाउन सकिन्छ भने किसान र कृषि प्रसारका संस्था बीचको सम्बन्ध थप सुदृढ गर्न सकिन्छ। अनलाइन व्यापार र सिकाइ लागि थप संभावनाहरू सिर्जना हुन सक्ने, ५.वित्त र बीमाका मुद्दाहरुमा किसानहरुको पहुँच बढ्न जान्छ भने विभिन्न विषयहरूमा किसानहरूको सचेतना बढाउन सकिने, ६.आधुनिक खेती विधिहरू अध्ययन गर्न र अपनाउने अवसरहरू उपलब्ध भई स्थानीय र अन्तराष्ट्रिय ज्ञान एकीकृत गरी लग्न सकिने अवसर प्राप्त हुने,

तस्बीर १ ले ई-प्रसारको सम्भावित मोडेल प्रस्तुत गर्दछ। सरकार, निजि संस्था र अन्य निकायहरुले मोबाइल उपकरण, कृषि वेभ पोर्टल, MOOCs र अनलाइन पाठ्यक्रमको विकास सँगै समाजाक सन्जालमा आफ्नो स्थान स्थापना गर्नु पर्दछ। विकास गरिएका कुनै पनि सामग्रीहरुको आफ्नै उद्देश्य र कार्यहरु हुनु पर्दछ। सामाजिक सन्जालले प्रतिक्रिया प्राप्त मदत गर्नेछ र जानकारी पनि प्रवाह गर्नेछ।

E-extension Nepal ne.svg

Figure १ |  नेपालमा ई-प्रसारका लागि सम्भावित मोडेल

निष्कर्ष

यस लेखले नेपालको ई-प्रसारको परिचय दिने प्रयास गरेको हो। आधुनिक नेपाल संघिय सरकारको प्रणालीमा प्रवेश गरि सकेको अवस्थामा, कृषि र कृषि प्रसारका विषयमा पनि नयाँ विषय र छलफलको सुरुवात भएका देखि सकिएका छन्। प्रसार, शिक्षा र अनुसन्धान लाई सँगै लग्नु अझै पनि चुनौती बनिरहेको अवस्थामा ई-प्रसारको विकास लाई पुलको रुपमा प्रयोग गरी कृषि विकासमा अघि बढाउन सकिने प्रशस्त सम्भावना छ। ई-प्रसारमा नवीनता ल्याउन सकिए, समग्र प्रणाली नै दिगो, स्थीर र बलियो हुन सक्नेछ। ई-प्रसार केही मात्रामा भएपनि प्रसारमा सुधार ल्याएकै छ र आगामी दिनमा पनि ल्याउने छ। यससँग सम्बन्धित नवीनताको विकास हुदैँ गए नेपाली कृषिमा सकारात्मक प्रभावहरु देखिदैँ जाने आशा गर्न सकिन्छन्।

थप जानकारी

स्वीकार

लेखक, समीक्षाकर्ता र सम्पादकहरूका लगातार लेख सुधारका निम्ति निरन्तर मद्दत र सहयोगका लागि आभारी छन्।

रुचि प्रतिस्पर्धा

लेखकको कुनै प्रतिस्पर्धात्मक रुचि छैनन्।

वित्त कोष (फन्डिङ्ग)

‍छैन

सन्दर्भ सामग्री

  1. Agricultural Extension Services Delivery System in Nepal (PDF) (Report). संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन. 2010. Retrieved 2020-08-08.
  2. To, S (2018). Operation of Community Agriculture Extension Service Center and its Management (PDF) (Report). Global Sustainable Research and Development Center Pvt. Ltd. टोखा, काठमाण्डौँ.
  3. Devkota, K; Thapa, D; Dhungana, H (२०१६). "Weak institutional interaction: Reason for poor agricultural extension services delivery in Nepal". New Angle: Nepal Journal of Social Science and Public Policy (१): ८८-१०३. ISSN 2565-5124. http://www.nepalpolicynet.com/new/wp-content/uploads/2015/02/Kamal-Devkota-2.pdf. 
  4. Kunwar, Laxman Singh (2017-07-07). "Emigration of Nepalese People and Its Impact". Economic Journal of Development Issues १९ (१–२): ७७–८२. doi:10.3126/ejdi.v19i1-2.17705. ISSN 2091-2285. http://dx.doi.org/10.3126/ejdi.v19i1-2.17705. 
  5. Parajulee, M (2017). Agricultural Education, Research, and Extension (PDF) (Report). NAPA Research/Policy Brief. RPB1. pp. १–५.
  6. Dhital, Pankaj Raj (२०१७-०९-०७). "Agricultural Extension in Nepal: Experiences and Issues". Journal of Advances in Agriculture (३): १०७१–१०८२. doi:10.24297/jaa.v7i3.6287. ISSN 2349-0837. https://rajpub.com/index.php/jaa/article/view/6287. 
  7. 7.0 7.1 Afzal, Adeel; Al-Subaiee, Faisal Sultan; Mirza, Abdulrahman A. (२०१६-१०). "The Attitudes of Agricultural Extension Workers towards the Use of E-Extension for Ensuring Sustainability in the Kingdom of Saudi Arabia". Sustainability (१०): ९८०. doi:10.3390/su8100980. ISSN 2071-1050. https://www.mdpi.com/2071-1050/8/10/980. 
  8. Philippine e-Extension Portal. e-extension.gov.ph (Report). Electronic Extension in Philippine Agriculture and Fisheries.
  9. 9.0 9.1 Paudel, R.; Baral, P.; Lamichhane, S.; Marahatta, B. P. (2018-12-03). "ICT Based Agro-Advisory Services in Nepal". Journal of the Institute of Agriculture and Animal Science ३५ (१): २१–२८. doi:10.3126/jiaas.v35i1.22510. ISSN 2091-0134. https://www.nepjol.info/index.php/JIAAS/article/view/22510. 
  10. Rijal, S; Devkota, Y (2019-08-08). "Television for Agricultural Extension in Nepal". Acta Scientific Agriculture 3 (९): ४५–४७. doi:10.31080/asag.2019.03.0605. ISSN 2581-365X. https://doi.org/10.31080/ASAG.2019.03.0605. 
  11. Nepal Telecommunications Authority (2019). MIS Report (PDF) (Report). १७८. Nepal Telecommunications Authority.
  12. 2019 Digital Nepal Framework : Unlocking Nepal’s Growth Potential (PDF) (Report). Ministry of Communication and Information Technology. 2019.
  13. Saravanan, Raj; Bhattacharjee, Suchiradipta (2014). "Mobile Phone Applications for Agricultural Extension in India". In Saravanan, Raj (ed.). Mobile Phones for Agricultural Extension: Worldwide mAgri Innovations and Promise for Future. New Delhi: New India Publishing Agency. pp. १-७५.
  14. Vimala, D; Ravisankar, T (2012). "Fisher Friend Mobile Application–An Innovative and Promising ICT Tool in Fisheries e-Extension". Fishery Technology ४९ (२): १९९–२०३. ISSN 2277-9078. https://krishi.icar.gov.in/jspui/bitstream/123456789/1564/1/338-Fsih%20Tech%20paper.pdf. 
  15. Mahra, Girijesh Singh; Jirli, Basavaprabhu; Rai, Ashok (2013). "M-learning: An Educational Approach for Change in Hills of Uttarakhand". Journal of Global Communication (२): १४४. doi:10.5958/j.0976-2442.6.2.021. ISSN 0974-0600. https://doi.org/10.5958/j.0976-2442.6.2.021. 
  16. Singh, Akanchha; Jirli, Basavaprabhu (2019). "Changing Perception and Awareness towards ICT along with Changing Roles of Stakeholders in Agriculture". Research Journal of Agricultural Sciences (६): १४१२-१४१६. ISSN 0976-1675. https://www.researchgate.net/publication/336563628_Changing_Perception_and_Awareness_towards_ICT_along_with_Changing_Roles_of_Stakeholders_in_Agriculture. 
  17. "Govt agencies required to use social media". The Himalayan Times. 2018-08-20.
  18. "New digital maps to support soil fertility management in Nepal". CIMMYT. 2018-12-04.
  19. "Seed systems in Nepal are going digital". CIMMYT. 2020-01-06.
  20. Shakya, Manoj; Shrestha, Sushil; Manandhar, Rajesh; Joshi, Manish; Khanal, Prasamsa (2017-07-12). "Reflections on First MOOC of Nepal: From Learner's Perspectives". Conference: International Conference on Open and Innovative Education (Hong Kong). https://www.researchgate.net/publication/319019999_Reflections_on_First_MOOC_of_Nepal_From_Learner%27s_Perspectives. 
  21. Dowding, Martin R. (2004). "Technology and Social Inclusion: Rethinking the Digital Divide". Canadian Journal of Communication २९ (१). doi:10.22230/cjc.2004v29n1a1415. ISSN 1499-6642. https://www.cjc-online.ca/index.php/journal/article/view/1415. 
  22. The Real Access / Real Impact framework for improving the way that ICT is used in development (PDF) (Report). bridges.org. 2005.
  23. Singh, Akanchha; Jirli, Basavaprabhu; Sinha, Aditya (2019-10-17). "ICT Revolution in Agriculture: A Boon for Farmers". In Ghadei, Kalyan (ed.). Compendium on agricultural extension. New Delhi. pp. 363–372. ISBN 978-81-7622-372-0. OCLC 953344798.
  24. Sharma, Manoj; Kaur, Gagandeep; Gill, M (2012-07-10). "Use of Information and Communication Technology in Agriculture by Farmers of District Kapurthala". Journal of Krishi Vigyan 1 (1): 83–89. ISSN 2349-4433. https://www.researchgate.net/publication/276069375_Use_of_Information_and_Communication_Technology_in_Agriculture_by_Farmers_of_District_Kapurthala. 
  25. Richardson, Don (2006). "ICTs: transforming agricultural extension?". Report of the 6th Consultative Expert Meeting of CTA’s Observatory on ICTs (Report). The ACP-EU Technical Centre for Agricultural and Rural Cooperation.
  26. Kyle, Jordan; Resnick, Danielle (2016). Nepal’s 2072 Federal Constitution: Implications for the Governance of the Agricultural Sector. www.ifpri.org (Report). The International Food Policy Research Institute (Development Strategy and Governance Division). Retrieved 2020-09-08.
  27. Kyle, Jordan; Resnick, Danielle (2016). Nepal’s 2072 Federal Constitution: Implications for the Governance of the Agricultural Sector. www.ifpri.org (Report). The International Food Policy Research Institute (Development Strategy and Governance Division). Retrieved 2020-09-08.